बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

  ०७६ चैत १३ गते

५५ वर्षीया एकल महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बोदे बर्साइन नपा–१० का ३५ वर्षीय बबलेश यादवविरुद्ध चैत ११ गते उजुरी दर्ता गरेको छ ।

आगो तापेर घरमा बसिरहेका बेला फागुन ५ गते राति गाँजा–भाङ्ग सेवन गरी आएका आरोपितले बलात्कार प्रयास गरेको भन्दै पीडितले ईलाका प्रहरी कार्यालय कडरबोनामा फागुन २० गते उजुरी दिनु भएको थियो ।

यसअघि पनि आरोपितले यौन दुर्व्यवहार गरेकोमा गाउँमा पञ्चायति बसेर आरोपितलाई जोगाएको पीडितले बताउनु भयो ।

ईलाका प्रहरी कार्यालय कडरबोनाले चैत ११ गते उजुरी दर्ता गरको छ भने आरोपित हालसम्म गिरफ्तार भएका छैनन् ।

पीडितको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा फागुन २० गते स्वास्थ्य परिक्षण भएको थियो ।


मनोहरकुमार पोखरेल