बलात्कार प्रयासका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलत्कार प्रयास गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका–४ बरसाराका  २२ वर्षीय अनौबर खानलाई असोज ८ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडित महिलालाई आरोपितले असोज ७ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले असोज ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

उक्त उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण असोज ८ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनायो ।


नारायण पराजुली