बलात्कार प्रयासका आरोपित गिरफ्तार

  ०७५ फागुन २९ गते

२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रामग्राम नपा–१७ देवगाँउका १९ वर्षीय अभिषेक प्रजापति (कोहाँर)लाई फागुन २८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले फागुन २७ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले फागुन २८ गते   जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरीले जनाएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन २८ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गराइएको सई माधवप्रसाद भण्डारीले बताए ।


नारायण पराजुली