बलात्कार प्रयासका आरोपित गिरफ्तार

  ०७५ साउन २८ गते

४५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले आठराई त्रिवेणी गाउँपालिका-४ का ३५ वर्षीय निमतेञ्जी शेर्पालाई साउन २७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले साउन १७ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा साउन २७ गते उजुरी दिएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण साउन २७ गते जिल्ला अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।


देवराज गुरुङ