बलात्कार पीडित गर्भवती बालिकालाई इन्सेकको पहलमा अस्पताल भर्ना
१७ वर्षीया बलात्कार पीडित गर्भवती बालिकालाई प्रसुती गराउनका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङको पहलमा पुस १९ गते जिल्ला अस्पतालस्थित “अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमी) मा भर्ना गरिएको छ ।
पीडित परिवारले इन्सेकसमक्ष बालिकाको प्रसुतिका लागि मौखिक अनुरोध गरेलगत्तै इन्सेकको पहलमा सरोकारवाला निकायसँग समन्वय गरेर आवश्यक कागजातसहित ओसीएमीमा राखिएको हो ।
गर्भवती बालिकाको स्याहारका लागि बालिका र उहाँकी आमालाई राखिएको छ ।
स्वास्थ्य चेकजाँचका क्रममा बालिकाको सुत्केरी हुने समय पुस २२ गते रहेकाले अस्पताल भर्नाका लागि पीडित पक्षलाई परामर्श दिएको जिल्ला अस्पतालका निमित्त डाक्टर दिक्षान्त प्रसाईले बताउनु भयो ।
डाक्टर प्रसाईले इन्सेक प्रतिनिधिसँगको भेटमा भन्नुभयो“बालिका भएकाले स्वास्थ्यमा कुनै समस्या देखा परेको खण्डमा सुविधा सम्पन्न अस्पतालमा रेफर गर्छौ । नत्र यहि नै सुरक्षित रूपमा प्रसुती सम्भव हुन्छ ।”
प्रसुती गराउने क्रममा ब्लडको आवश्यकता हुने भएकाले इन्सेकले सुरक्षा निकाय वा रेडक्रससँग समन्वय गरेको छ ।
बिहान बेलुकी खाना तथा खाजा र ओढ्ने ओछ्याउने एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले व्यवस्थापन गरेको छ । चिसोको समय भएकाले इन्सेकले पुस १९ गते एक थान फाइवरको सिरक उपलब्ध गराएको छ ।
आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौला, जिल्ला प्रहरी कार्यालयकी प्रहरी हवल्दार रमिना राई, अस्पतालका डाक्टर दिक्षान्त प्रसाईसहित बालिका र बालिकाकी आमालाई पुस १९ गते अस्पतालको कार्यकक्षमै पीडित बालिकाको सहयोगको विषयमा इन्सेकले समन्वय गरी छलफल गराएको छ ।
गाउँपालिका अध्यक्ष सिटौलाले आफूसहित पीडित बालिकाको सम्बन्धित वडाका वडाध्यक्ष सोम विमलीसँग समन्वय गरेर बालिकाको उद्धार गरेकोमा इन्सेकलाई धन्यबाद दिनुभयो ।
अध्यक्ष सिटौलाले बालिकालाई पालिकाको तर्फबाट सुत्केरी खर्चका लागि १० हजार रूपियाँ सहयोग गर्ने बताउनु भयो ।
पीडित बालिकाकी आमाले जीवनमा भुल्नै नसकिने गरी सहयोग गरेको भन्दै इन्सेकलाई धन्यवाद दिनुभएको छ ।
आर्थिक विपन्नताका कारण अस्पतालसम्मको पहुँच अभाव र प्रसुतीका लागि अनुरोध गरेकाले इन्सेकले समन्वय तथा पहल गरी बलात्कार पीडित बालिकाको उद्दार गरेको हो ।
पीडित बालिकालाई ०७७ वैशाख १ गते प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित पक्षले आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका २५ वर्षीय बालकृष्ण माबो लिम्बूविरूद्ध ०७७ कात्तिक १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई कात्तिक १३ गते घरबाटै गिरफ्तार गरी कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रकुमार श्रेष्ठले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा मङ्सिर ७ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएकोमा जिल्ला अदालतका न्यायाधीश प्रकाश राउतको मङ्सिर ८ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा गएको अदालतका तहसिलदार नवराज गौतमले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालका कात्तिक १४ गते गरिएको छ ।
देवराज गुरुङ
सम्बन्धित समाचारहरू
वडा अध्यक्षले कुटपिट गरेको घटनाको उजुरी प्रहरीले दर्ता नगरेको पीडितको आरोप
विदेह नपा–४ ठारहीका ४५ वर्षीय सुरुवा पासवान र ३५ वर्षीय गणेशकुमार पासवानलाई सोही वडाका वडा अध्यक्ष ४० वर्षीय विनोद गोहिमानले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय खजुरीमा फागुन ११ गते…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले फागुन १६ गते १६ वर्षीय बालकविरूद्ध उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपित बालकले फागुन ९ गते बलात्कार गरेको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १७ गते)
फागुन १७ गते ७३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार २ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
कारागारमा दुई समूहबिच झडप हुँदा ६ जना घाइते
जिल्ला कारागार तनहुँमा फागुन १७ गते दिउँसो दुई समूहबिच झडप हुँदा ६ जना कैदीबन्दी घाइते भएका छन् । अन्यत्रका कैदीबन्दीलाई तनहुँ कारागारमा स्थान्तारण गरेपछि नाइके बन्ने विषयमा दुई समूहबिच झडप…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आरुघाट गाउँपालिका–६ का २६ वर्षीय काशिराम सुनारलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन ८ गते मोटरसाइकलमा मामा घर पुर्याइदिन्छु भन्दै आफ्नो घर…