बलात्कार घटनाका पीडितलाई मानव अधिकार सहायता कक्षको सहयोग
बलात्कार घटनाका पीडितलाई मानव अधिकार सहायता कक्षले माघ १६ गते सहयोग रकम वाफत १० हजार रुपियाँ हस्तान्तरण गरेको छ ।
डिसिएको सहयोगमा इन्सेक नेपालगञ्जमा सचिवालय रहेको मानव अधिकार सहायता कक्षको माघ १५ गते बसेको बैठकले बलात्कार पीडित १४ वर्षीया बालिकाको उपचार सहयोग गर्ने निर्णय गरेको थियो । मानव अधिकार सहायता कक्षका सदस्य एवं गैसस महासंघ जिल्ला शाखा अध्यक्ष नमस्कार शाहले पीडितका बुवालाई उक्त रकम हस्तान्तरण गर्नु भएको हो ।
बौद्धिक अपाङ्गता भएकी बालिकालाई अपरिचित व्यक्तिले बलात्कार गरेको भन्दै पीडितका बुवाले कानुनी तथा स्वास्थ्य उपचारमा आवश्यक सहयोग गरिदिन भन्दै इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जमा पुस २३ गते निवेदन दिनु भएको थियो ।
बालिका बिरामी भएपछि पुस १८ गते शिक्षण अस्पताल, कोहलपुरमा उपचारको क्रममा आठ हप्ताको गर्भ रहेको चिकित्सकले बताएपछि बलात्कृत भएको जानकारी पाएको पीडितका बुवाले बताउनु भयो ।
इन्सेकको सिफारिसमा पीडितको पुस २३ गते भेरी अस्पताल नेपालगञ्जमा उपचार गरिएको थियो । भने इन्सेककै सहयोगमा पीडितपक्षले इलाका प्रहरी कार्यालयमा पुस २२ गते उजुरी दर्ता गराउनु भएको थियो ।
आरोपितलाई पीडितले नचिनेका कारण आरोपित काे हो ? भन्ने कुरा नखुलेको इलाका प्रहरी कार्यालयका सई रणधिर जैसीले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य अवस्था कमजोर रहेकोले थप उपचारको लागि सहयोग रकम प्रदान गरेको इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महतले बताउनु भयो ।
सहयोग रकम बुझ्दै पीडितका बुवाले प्राप्त रकमले छोरीको थप उपचारमा सहयोग पुग्ने बताउनु भयो ।
स्मृति देवकोटा
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २० गते)
फागुन २० गते १ सय ७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार ४ सय ८८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
'आलमलाई जेलबाट छुटाउन लागिरहनेछु'-कांग्रेस सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमलाई धैर्य गरेर बस्न आग्रह गर्नु भएको छ । गढीमाई नपा–६ धर्मपुरस्थित श्री…
कर्णालीका प्रमुख सचिवद्वारा आयोगको टोलीमाथि दुर्व्यवहार: घटनामा संलग्नलाई कारबाहीको माग
गाँस, बास र कपासको व्यवस्था गर्नुपर्ने माग राखेर आन्दोलन गरिरहेका वादी समुदायको अवस्था र सरकारको पहल सम्बन्धमा अध्ययनको लागि अनुगमनमा आएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई प्रमुख सचिवले दुर्व्यवहार गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोडाघोडी नगरपालिका—१ सुखडका १९ वर्षीय प्रबल बुढाथोकीलाई फागुन १९ गते गिरफ्तार गरेको छ । सुखडस्थित कोठामा भेटन बोलाएर पनीमा बेहोस गर्ने औषधि मिसाएको…
यौन दुर्व्यवहार घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाका आरोपित सिरहा नपा–५ का २५ वर्षीय श्याम सदाविरूद्धको मुद्दा जिल्ला अदालत सिरहाले फागुन १९ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । न्यायाधीश पुष्पराज…