बलात्कार पीडितको उपचारका लागि इन्सेकद्वारा सहयोग प्रदान

  ०७७ चैत १८ गते

बाबुबाट बलात्कार पीडित १४ वर्षीया बालिकाको उपचारका लागि इन्सेकले चैत १७ गते पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

मानव अधिकार सहायता कक्ष अन्तरगत इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालले गुल्मी अस्पताल, तम्घासमा पुगेर पीडितकी आमालाई आमालाई १० हजार रुपियाँ प्रदान गरेको हो ।

बुबाबाट बलात्कृत बालिकाले चैत १५ गते छोराको जन्म दिएको पीडित पक्षको भनाइ छ । पीडितपक्षले ६५ वर्षीय आरोपितविरूद्ध चैत १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेयले बताउनु भयो ।

प्रहरीले आरोपितलाई चैत १४ गते गिरफ्तार गरेर थप अनुसन्धान गरिरहेको डिएसपी पाण्डेयले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बच्चालाई कुनै संस्थामा पठाउने र सुत्केरी बालिकाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल र सहयोग सङ्कलनको काम भइरहेको बताउनु भयो ।


टोपलाल अर्याल