बलात्कार पश्चात हत्या घटनाका आरोपित गिरफ्तार

  ०७७ जेठ १६ गते

देवदह नपा११ की १३ वर्षीया अङ्गीरा पासीलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले देवदह नपा११ का २५ वर्षीय कोइला भनिने विरेन्द्र भर, विरेन्द्रकी आमा ५० वर्षीया  अकाली भर र ठूली आमा ५५ वर्षीया सितली भरलाई जेठ १५ गते गिरफ्तार गरेको छ ।

आरोपित विरेन्द्रलाई  गैडहवा गाउँपालिको सुर्यपुराबाट र आमा र ठूली आमालाई आरोपितको घरबाटै गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

विरेन्द्रले  जेठ ९ गते बलात्कार गरेको र गाउँलेहरुले देखिपछि  नियन्त्रणमा लिएर  जेठ १० गते देवदह नपा११ का अध्यक्ष अमरबहादुर चौधरी सहित गाउँलेको समूहले पीडितलाई आरोपितको जिम्मा लगाएको पीडित परिवारको आरोप छ ।

जेठ ११ गते देवदह नपा२ पेटवनियाको घरदेखि पश्चिम तर्फ रहेको राहिणी खोलाको छेउमा रहेको भेलोरको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

मृतककी आमाले जेठ १२ गते दिएको उजुरी प्रहरीले नलिएपछि अधिकारकर्मीहरूको दवावमा जेठ १३ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दर्ता भएको मृतककी आमाले बताउनु भयो  ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी खडकबहादुर खत्रीले आरोपितहरूलाई गिरफ्तार गरी घटनाको सुक्ष्म अनुसन्धान भइहेको बताउनु भयो ।

शवको पोष्टमार्टम जेठ १३ गते लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।

यसैगरी उक्त घटनाको सत्यतथ्य अध्ययनका लागि इन्सेक जिल्ला प्रतिनिधि रीमा बिसीको नेतृत्वमा मानव अधिकारकर्मी सम्मिलित चार सदस्यीय टोलीले जेठ १५ गते स्थलगत अनुगन गरि सम्वद्ध पक्षसँग भेट गरेर जानकारी लिएको छ ।

 


रीमा बिसी