बलात्कार पश्चात हत्या गरेको अवस्थामा एक युवतीको शव फेला
गौशाला नपा–१० स्थित थापाटोलकी २२ वर्षीया गोरकी भनिने शर्मिला सिंह दनुवारको बलात्कारपछि हत्या भएको अवस्थामा असोज १६ गते गाउँदेखि पूर्व मडाहा खोला नजिक स्थानीय नत्थु आलेको बाँझो खेतमा शव फेला परेको प्रहरीले जनाएको छ । जन्मजात सुस्तमनस्थितिकी शर्मिलाको हत्याले सिङ्गो गाउँ त्रासमा छ ।
इलाका प्रहरी कार्यालय गौशलाका इन्स्पेक्टर किशोर आचार्यका अनुसार शवको प्रकृति हेर्दा बलात्कार पश्चात हत्या भएको छ ।
शर्मिलाको हात, मुख र घाँटी बाधिएर नग्न अवस्थामा शव फेला परेको इन्स्पेक्टर आचार्यले बताए ।
घटनास्थलको प्रकृति हेर्दा उनलाई अन्तै यातना दिई हत्या गरेर त्यहाँ ल्याई फालेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
मृतकका दाजु रमेशसिंह दनुवारले भने–‘असोज १५ गते उनी बाख्रा चराएर साँझपख घर फर्केकी थिइन् । रातको खाना खाएपछि घरदेखि केही दुरीमा रहेको छिमेकीको घरमा नाचगान हेर्न गएकी थिइन् । अबेरसम्म नफर्केपछि रमाइलो हेर्दाहेर्दै छिमेकमै सुतिन् होला भन्ने ठान्यौँ । तर, बिहान शव फेला परेपछि हामी स्तब्ध भयौँ ।’
इन्स्पेक्टर आचार्यले प्रकृति मुचुल्का पछि शव पोष्टमार्टम असोज १७ गते महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा गरी दाहसंस्कारका लागि पीडित परिवारलाई बुझाइएको बताए ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले अहिलेसम्म कसैलाई पनि गिरफ्तार गरी नसकेको जनाएको छ । पोष्टमार्टम रिपोर्ट, घटनास्थल मुचुल्का र प्राप्त प्रमाण तथा सङ्केत र सुराकीको आधारमा हत्या अनुसन्धान गरिने इन्स्पेक्टर आचार्यले बताए ।
अजयकुमार साह
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा–१३ का १८ वर्षीय प्रभुप्रसाद यादवलाई इलाका प्रहरी कार्यालय लहानले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २ गते…
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ । पीडित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते २ सय ४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
घरेलु हिंसा पीडित महिलाद्वारा प्रहरीमा उजुरी
कालिका गाउँपालिका–२ की ४७ वर्षीया एकल महिला सीताकुमारी नगरकोटीले आफूलाई कुटपिट गरेको आरोपमा कान्छा ससुरा ७१ वर्षीय मङ्गलदाश श्रेष्ठ र कान्छी सासू ६५ वर्षीया विष्णुमाया श्रेष्ठविरुद्ध माघ ३ इलाका प्रहरी…