बलात्कार घटना मिलाएको आरोपमा ६ जना गिरफ्तार
१८ वर्षीया महलिालाई बलात्कार गरेको घटना गाउँमै मिलाएको आरोपमा प्रहरीले ६ जनालाई मङ्सिर १३ गते गिरफ्तार गरेको छ ।
सिगास गाउँपालिकाका–३ का वडा अध्यक्ष ४८ वर्षीय शेरसिंह साउद, सोही ठाउँका ३६ वर्षीय राजेन्द्र धामी, २९ वर्षीय नरेन्द्र धामी र ३१ वर्षीय गोपाल धामीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायणप्रसाद अधिकारीले बताउनुभयो ।
यसअघि मङ्सिर १२ गते सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले सोही ठाउँकै ४० वर्षीय मनोज सिंह धामी र ४० वर्षीय अमर धामीलाई गिरफ्तार गरेको थियो ।
गिरफ्तार गरिएकाहरुलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको डिएसपी अधिकारीले बताउनुभयो ।
बलात्कारको घटनाका मुख्य आरोपित २२ वर्षीय दिपकसिंह धामी भने ‘फरार’ रहेको प्रहरीले जनाएको छ ।
पीडित महिलालाई गत जेठमा बलात्कार गरेको घटना हालै सार्वजनिक भएको थियो । असार १४ गते ‘एक तोला सुन’ दिने भन्दै तमसुक बनाएर गाउँमै मिलापत्र गरिएको थियो ।
नरी बडु
सम्बन्धित समाचारहरू
गाउँपालिका कार्यालयमा लगाइएको तालाबन्दीका कारण सेवाग्राही समस्यामा
मालिकार्जुन गाउँपालिकाको कार्यालयमा पुस २४ गतेदेखि गरिएको तालाबन्दीका कारण स्थानीय सेवाग्राहीले समस्या झेल्नु परेको छ । भवन निर्माणको विषयलाई लिएर ११ दिनदेखि तालाबन्दी गरिएको गाउँपालिकाको कार्यालय सुचारु गर्न जनप्रतिनिधिहरुले चाँसो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ०७७ माघ ४ गते जुगल गाउँपालिका–३ गुम्बाका २५ वर्षीय दावारेञ्जन लामालाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई पुस २८ गते आरोपितले विवाह गर्छु…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रामपुर नगरपालिका–५ बेझाडबजारकी ५७ वर्षीया रमा कुमारी दराईको हत्या गरेको आरोपमा प्रहरीले पति ५९ वर्षीय बुद्धि दराईलाई माघ ४ गते गिरफ्तार गरेको छ । घरयासी विवादमा रमालाई उनका पतिले माघ…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दङ्गीशरण गाउँपालिका–७ का ३० वर्षीय हरि देवकोटालाई माघ ४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ ३ गते बलात्कार प्रयास गरेको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ४ गते)
माघ ४ गते २ सय ६६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…