बलात्कार घटना पीडितलाई इन्सेकको पहलमा सुरक्षा गृहमा व्यवस्थापन

  ०७७ असार १६ गते

 २२ वर्षीया बलात्कार घटना पीडित युवतीलाई इन्सेकको सहयोगमा सुरक्षा गृहमा व्यवस्थापन गरिएको छ ।

पीडित युवतीलाई २७ वर्षीय रविन जिसीले जेठ १५ गते बलात्कार गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय पर्वतमा आरोपितविरुद्ध असार ५ गते उजुरी दिनु भएको थियो ।

अस्थायी रुपमा पर्वतमा मजदुरी काम गर्ने पीडित उजुरीपछि संरक्षकत्वविहीन बनेकाले सुरक्षा गृहमा राखिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतले इन्सेक जिल्ला प्रतिनिधिलाई सहयोग गरिदिन आग्रह गरेपछि पीडितलाई पोखरास्थित कोपिला नेपालद्वारा सञ्चालित सुरक्षा गृहमा व्यवस्थापन गरिएको इन्सेक प्रतिनिधि थापाले जानकारी दिनुभयो ।

पीडितलाई असार ८ गते  सुरक्षित घरमा राख्नका लागि पठाइएपनि कोरोना परीक्षणको रिपोर्ट आउने अवधिसम्मका लागि सोडेक नेपालको सहयोगमा गुडनेवर्स इण्टरनेशनल नेपालले पुलिङ क्वारेण्टाइनमा राखेको थियो । कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि पीडितलाई सुरक्षा गृहमा पठाइएको हो ।

आरोपितलाई गिरफ्तार गरेपछि जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि पर्वत जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिएको इन्स्पेक्टर बुद्धिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

1

1

1

1

1


सन्तोष थापा