बलात्कार घटना आरोपित गिरफ्तार

  ०७७ असोज ५ गते

२८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले जोशीपुर गाउँपालिकाको कार्यालयमा कार्यरत सूचना अधिकारी ३५ वर्षीय भानुभक्त उपाध्यायलाई असोज ३ गते जोशीपुर गाउँपालिका–२ मुद्धीबाट गिरफ्तार गरेको छ ।

असोज ३ गते शनिवार आफूलाई कोठामा एक्लै बसेको देखेपछि आरोपित उपाध्यायले बलात्कार गरेकोले न्यायका लागि इलाका प्रहरी कार्यालय, भजनीमा आरोपितविरुद्ध उजुरी दिएको पीडितले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।

आरोपित उपाध्याय र पीडित युवतीको लामोसमयदेखि चिनाजान रहेको भएपनि यसपटक आफूमाथि बलात्कार भएको भन्दै पीडितले उपाध्यायविरुद्ध प्रहरीमा उजुरी दिएपछि आरोपितलाई प्रहरीले गिरफ्तार गरेको जोशीपुर गाउँपालिकाका प्रवक्ता किसोर कठरियाले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।

पीडितले दिएको उजुरीका आधारमा इलाका प्रहरी  कार्यालय, भजनीको टोलीले आरोपितलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयमा पठाएको र आरोपितविरुद्ध असोज ४ गते जबरजस्तिकरणी अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी  कार्यालय, कैलालीका डिएसपी प्रतिक विष्टले इन्सेक  प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज ३ गते टिकापुर अस्पताल, टिकापुरमा गरिएको प्रहरीले जनायो ।


मैनामोती चौधरी