बलात्कार घटनामा बयान बदलेको भन्दै निवेदकलाई ५ हजार रुपियाँ जरिबाना
१४ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमार्फत अदालत पुर्याएकाे एक घटनामा निवेदकले बयान बदलेको भन्दै जिल्ला अदालत (रुकुम पश्चिम) ले निवेदकलाई ५ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ ।
न्यायाधीश विद्याराज पौडेलको इजलासले फागुन १५ गते उक्त फैसला सुनाउनु भएको हो । सुर्खेतको बराहताल गाउँपालिका–७ का २० वर्षीय सागर बुच्चा मगरलाई अदालतले सफाई दिँदै निवेदकमाथि जरिबानाको फैसला सुनाएको हो ।
विवाह गर्ने प्रलोभनमा ०७६ जेठ १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०७६ साउन २ गते जिल्ला प्रहरी कार्यालय (रुकुम पश्चिम) मा उजुरी दिएका थिए ।
आरोपितलाई प्रहरीले मुसिकोट नपा–१ खलङ्गा साउन १ गते गिरफ्तार गरेकोे थियो । ०७६ साउन २३ गते अदालतमा मुद्दा दर्ता गरेकोमा साउन २४ गते अदालतको आदेश अनुसार पूर्पक्षका लागि कारागार चलान गरेको थियो ।
आफूलाई केही नगरेको भन्दै बयान फेरेपछि अभियोग दावी नपुग्ने ठहर गर्दै उक्त जरिबानासहितको सजाय तोकिएको रुकुम जिल्ला अदालतका श्रेष्तेदार शिवहरी सुवेदीले बताउनु भयो ।
बयान फेरेको आरोपमा निवेदकलाई ५ हजार रुपियाँ जरिवाना
१५ वर्षीया बालिकालाई बलात्कार भएको भन्दै प्रहरीमार्फत अदालत पुर्याएकाे एक घटनाका निवेदकले बयान फेरेको आरोपमा जिल्ला अदालत रुकुम पश्चिमले फागुन १४ गते अर्को एक घटनामा पनि ५ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ ।
न्यायाधीश विद्याराज पौडेलको इजलासले उक्त फैसला सुनाउनु भएको हो । बाँफीकोटबाट ०७६ असोज १७ गते गिरफ्तार भएका १५ वर्षीय बालकलाई सफाइ दिँदै निवेदकमाथि जरिबानाको फैसला सुनाएको हो ।
बालिकाको नग्न फोटोहरू खिचेर फेसबुक र शेयर इट कमबाट शेयर गर्ने गरेको, त्यसको ब्ल्याकमेलिङ गरेर पटकपटक बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १७ गते जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिममा उजुरी दिएका थिए ।
आरोपित बालकलाई प्रहरीले बाँफीकोट गाउँपालिकाबाट असोज १७ गते गिरफ्तार गरेको थियो भने जिल्ला अदालतमा ०७६ कात्तिक ५ गते मुद्दा दर्ता भएको थियो ।
आफूलाई केही नगरेको भन्दै बयान फेरेपछि अभियोग दावी नपुग्ने ठहर गर्दै उक्त जरिबानासहितको सजाय तोकिएको रुकुम जिल्ला अदालतका श्रेष्तेदार शिवहरी सुवेदीले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १८ गते जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा भएको थियो ।
मनिषा के सी
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा धनुषा जिल्ला सबैला नगरपालिका–१ स्थायी घरभई बाह्रविसे नगरपालिका–४ मा घडी पसल गरी अस्थायी बसोवास गर्दै आएका ४५ वर्षीय चन्द्रेश्वर महतोलाई प्रहरीले ०७८ वैशाख…
हत्या घटनाका आरोपित गिरफ्तार
काठमाडौं महानगरपालिका–१० बुलबुलेमार्ग बस्दै आएकी ४८ वर्षीया रोशनी राजभण्डारीको ०७८ वैशाख ४ गते साँझ हत्या गरेको आरोपमा देवर ४८ वर्षीय मोहन राजभण्डारीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको छ । पारिवारिक…
बालबालिकाको स्वास्थ्यको अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह
गत वर्षदेखि विश्वलाई आक्रान्त पारिरहेको कोभिड–१९ को नयाँ स्वरुप नेपालमा समेत तीव्र रूपमा फैलिँदै गइरहेको र यसबाट बालबालिकाहरू बढी जोखिममा रहेको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण जनाएको छ…
बलात्कार घटनाका आरोपित विरुद्ध प्रहरीमा उजुरी
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हंसपुर नपा–९ रुदौलीका ३२ वर्षीय अमित मण्डलविरुद्ध पीडितले वैशाख ३ गते हुलाकमार्फत जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित महिला नुहाइरहेको अवस्थामा आरोपित…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ५ गते)
वैशाख ५ गते ४ सय १३ जना महिला र ६ सय २ जना पुरुष गरी १ हजार १५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८४ हजार…