बलात्कार घटनामा कैद सुनाइएका व्यक्ति २५ वर्षपछि गिरफ्तार

  ०७५ भदौ ५ गते

४२ वर्षीया महिलालाई बलात्कार गरेको घटनामा अदालतले दोषी ठहर गरी कैद सजाय सुनाइएका शारदा नपा-४ का ५७ वर्षीय अर्जुनकुमार केसीलाई प्रहरीले घटना भएको २५ वर्षपछि भदौ ४ गते गिरफ्तार गरेको छ ।

केसीले बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत सल्यानले ०५० भदौ १६ गते ३ महिना १८ दिन कैद सजायको फैसला सुनाएको थियो ।

अदालतको फैसलापछि फरार रहेका केसीलाई प्रहरीले २५ वर्षपछि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्रबहादुर शाहीले बताए ।

फरार रहेका केसीको फैसला कार्यान्वयनका लागि जिल्ला अदातलमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । गाउँघरमा लुकीछिपी बसिरहेका केसीलाई गाउँबाटै गिरफ्तार गरिएको डिएसपी शाहीले बताए ।


मिना बुढाथोकी