बलात्कार घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला

  ०७६ असार २६ गते

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महदेवा गाउँपालिका-४ का ३० वर्षीय श्रवणकुमार यादवविरूद्धको बलात्कार मुद्दा जिल्ला अदालतले असार २४ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।

न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले उक्त मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिए ।

घरमा कोही नभएको मौका पारी पीडित बालिकालाई आरोपितले ०७५ वैशाख ३ गते बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा वैशाख ४ गते उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७५ वैशाख ८ गते गरेपश्चात जिल्ला प्रहरी कार्यालयले वैशाख ९ गते उजुरी दर्ता गरेको थियो ।

फरार आरोपितविरूद्ध ०७५ असोज १९ गते जिल्ला अदालतले वारेण्टसहितको म्यादी पुर्जी जारी गरे पनि उनी हालसम्म फरार रहेका छन् ।


मनोहरकुमार पोखरेल