बलात्कार घटनाको मुद्दा मुल्तवीमा राख्ने फैसला

  ०७६ कात्तिक ४ गते

२१ वर्षीया महिलालाई बलात्कार गरेको घटनाका आरोपित धनगढीमाई नपा–८ का २४ वर्षीय राजकुमार तामाङविरुद्धको मुद्दा जिल्ला अदालतले कात्तिक ४ गते मुल्तवीमा राख्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश अनिलकुमार शर्माको इजलासले मुद्दा मुल्तवीमा राख्ने फैसला गरेको सरकारी वकिल एकराज अधिकारीले बताए ।

बलात्कार घटनाका आरोपित हालसम्म फरार रहेकाले सो मुद्दा मुल्तवीमा राख्ने फैसला भएको सरकारी वकिल अधिकारीले बताए ।

आरोपितले ०७५ असार ८ गते बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय लहानमा असार १० गते उजुरी दिएकी थिइन् ।

पीडितको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा असार १० गते गरिएको थियो  ।


दुर्गा परियार