बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ फागुन १२ गते

७० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले २८ वर्षीय छोरालाई फागुन ११ गते भरतपुर–२७ मेघौलीबाट गिरफ्तार गरेको छ ।

फागुन १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन उजुरी गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी एकनारायण कोइरालाले बताउनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन ११ गते नै भरतपुर अस्पतालमा गरिएको थियो ।


दिपेन्द्र अधिकारी