बलात्कार घटनाका आरोपमा गिरफ्तार

  २०७६ माघ ७ गते ।

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिरी नगरपालिका–३ का २५ वर्षीय रामबहादुर सुनुवारलाई प्रहरीले गिरफ्तार गरेको छ ।

बालिकालाई आरोपितले आफ्नै घरमा बोलाई ललाईफकाई ०७६ पुस २५ गते बलात्कार गरेको भनि पीडित परिवारले माघ ५ गते मौखिक तथा माघ ६ गते लिखित उजुरी दिएका थिए ।

पीडित परिवारले मौखिक उजुरी दिएकै दिन ०७६ माघ ५ गते सुनुवारलाई आफ्नै घरबाट प्रहरीले गिरफ्तार गरेको हो । पीडित बालिकाको स्वास्थ्य परिक्षण ०७६ माघ ५ गते प्राथमिक स्वास्थ्य केन्द्र, चरिकोटमा भएको छ ।


गद्बब पाेखरेल