बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

  ०७७ साउन २८ गते

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा फरार रहेका एक जनालाई प्रहरीले साउन २६ गते गिरफ्तार गरेको छ । धादिङ जिल्ला सिद्धलेक गाउँपालिका–७ घर भई हाल काठमाडौँको चन्द्रागिरी नगरपाकिला–६ थानकोटमा बस्दै आएका ३० वर्षीय राजन सेञ्चुरीलाई साउन २६ गते डेराबाटै गिरफ्तार गरी साउन २७ गते सार्वजनिक गरिएको महानगरीय प्रहरी वृत थानकोटको डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

आरोपितले पीडितलाई आफू अविवाहित भन्दै विवाह गरी साउन १६ गते डेरामा लगेको पाँच दिनपछि दुई तोला सुन र दुई लाख रुपैयाँ लिएर फरार रहेको भनी पीडित महिलाले साउन २३ गते आरोपित विरुद्ध प्रहरी वृत थानकोटमा उजुरी दिएको डिएसपी श्रेष्ठले बताउनुभयो ।

आरोपित विरुद्ध साउन २८ गते जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण साउन २७ गते थापाथलीस्थित प्रसुति गृहमा गरिएको छ ।


विमला पौडेल