बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

  ०७५ फागुन ३० गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा फरार रहेका चौतारा सागाचोकगढी- १ लप्टेका १७ वर्षीय बालकलाई २९ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पीडितलाई माघ २६ गते बलात्कार गरी फरार रहेको भन्दै पीडित पक्षले फागुन १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

जुगल गाउँपालिका-१ बाट फागुन २९ गते आरोपितलाई गिरफ्तार गरी अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जगदीश रेग्मीले बताए । रेग्मीका अनुसार पीडित बालिकाको स्वास्थ्य परीक्षण २० गते चौतारा अस्पतालमा गरिएको छ ।


नातिबावु धिताल