बलात्कार घटनाका पीडित पक्षद्वारा कारबाहीका लागि पहल गरीदिन इन्सेकसमक्ष आग्रह

  ०७३ चैत २६ गते

११ वर्षीया बालिकालाई दार्चुलाको लेकम गाँउपालिका-४ खर्कडाका ५५ वर्षीय बिरभान पार्कीले बलात्कार गरेको आरोपमा कारबाहीका लागि पहल गरिदिन पीडित बालिकाका अभिभावकले इन्सेक जिल्ला प्रतिनिधिसमक्ष आग्रह गरेका छन् ।

पीडित बालिकालाई आरोपितले डिलाशैनी गाउँपालिका-५ देउझाडी भन्ने ठाँउमा रहेको प्रहरी चौकी नजिकै चैत १७ गते बलात्कार गरेको भन्दै पीडित बालिकाका बावुले आवश्यक कारबाहीका लागि पहल गरिदिन चैत २६ गते इन्सेकसमक्ष आग्रह गरेका हुन् ।

आरोपितलाई गोकुलेश्वर प्रहरी चौकीमा कार्यरत प्रहरीले घटनालगत्तै भाग्ने क्रममा चौलानी नदी किनारबाट गिरफ्तार गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १८ गते जिल्ला अस्पताल बैतडीमा गरिएको प्रहरीले जनायो ।

इन्सेकले घटनामा संलग्नलाई कारबाही र पीडित बालिकाको मनोसामाजिक विमर्श र अन्य सहयोगका लागि चैत २६ गते जिल्ला प्रहरी कार्यालयका डिएसपी हेरम्ब शर्मालाई आग्रह गरेको छ ।


नरी बडु