बलात्कार घटनाका पीडितलाई इन्सेकको सहयोग
बलात्कार पीडित ६ वर्षीया बालिकाको उपचार तथा कानुनी प्रक्रियामा सहयोग पु¥याउने उद्देश्यले इन्सेकले आर्थिक सहयोग प्रदान गरेको छ ।
०७७ असार १९ गते १६ वर्षीय बालकद्वारा बलात्कारको घटनामा पीडित बालिकाका अभिभावकले आर्थिक अवस्था कमजोर भएकोले न्यायको लागि सदरमुकाम आउन जान र खान बस्नको लागि समेत समस्या परेको बताएपछि असार २१ गते १० हजार रुपिँया सहयोग गरेको इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले बताउनुभयो ।
उक्त रकम बुझ्दै बालिकाका बुवाले इन्सेकको सहयोगले आफूहरूलाई सदरमुकाम आउन, जान र खान, बस्नको लागि ठूलो टेवा पुग्ने भन्दै खुसी व्यक्त गरेका छन् ।
घटनाका आरोपित बालकलाई असार २० गते गिरफ्तार गरी रुकुम जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपि ठग बहादुर केसीले जानकारी दिनुभयो ।
मनिषा केसी
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पीडितका ४२ वर्षीय बुवालाई फागुन १६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन १३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले फागुन…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका– ४ ललितपुर निवासी २० वर्षीय मिथुन हरिजनलाई फागुन १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन ११ गते बलात्कार गरेको…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १७ वर्ष ११ महिना १८ दिनका बालकलाई जिल्ला अदालतले फागुन १३ गते ३ वर्ष ४ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश चन्द्रमणी…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १६ गते)
फागुन १६ गते ७८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार १ सय ४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
बलात्कारको झुठा उजुरी दिनेलाई कैद र जरिबानाको फैसला
राम्रो बोल्न नसक्ने ३१ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै झुठा उजुरी दिएको कसुरमा उनकी आमालाई फागुन १४ गते एक महिना कैद सजायको फैसला भएको छ । न्यायाधीश चन्द्रमणी ज्ञवालीको इजलासले…