बलात्कार घटनाका पीडितलाई इन्सेकको सहयोग

  ०७७ साउन १८ गते

बलात्कार घटनाका पीडित १४ वर्षीया बालिकाको उपचारका लागि इन्सेकले साउन १८ गते आर्थिक सहयोग प्रदान गरेको छ ।

न्याय र स्वास्थ्य उपचारका लागि  सदरमुकाम आउन जान समस्या भएको पीडित बालिकाका परिवारले बताएपछि इन्सेकले १० हजार रुपियाँ सहयोग गरेको हो ।

पीडित बालिकालाई अनेक प्रलोभनमा पारेर पटकपटक बलात्कार गरेको परिवारले थाहा पाएपछि साउन ९ गते इन्सेकको पहलमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ ।

सहयोग रकम बुझ्दै पीडितकी आमाले यस्तो अप्ठेरो परिस्थितिमा इन्सेकले गरेको सहयोगले ठूलो राहत भएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

फरार रहेका आरोपित ३६ वर्षीय शिक्षक रामचन्द्र केसीको खोजी र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य उपचार तथा परीक्षण साउन ९ गते सल्यान अस्पतालमा गरिएको पीडित बालिकाकी आमाले बताउनु भयो ।


मिना बुढाथोकी