बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

  ०७७ पुस १५ गते

१५ वर्षीया बालिकालाई ०७७ पुस ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कुमाख गाउँपालिका–४ निवासी १८ वर्षीय राजु केसी विरूद्ध ०७७ पुस १३ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दर्ता गराएका छन् ।

आरोपितले विभिन्न प्रलोभनमा पारेर पटक/पटक बलात्कार गरेको पीडितको आमाले इन्सेकलाई बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १२ गते स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख दशरथ श्रेष्ठले बताउनुभयो ।

आरोपित फरार रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गोविन्द थापाले जानकारी दिनुभयो ।


मिना बुढाथोकी