बलात्कार घटनाका कसुरदार गिरफ्तार

  ०७६ साउन ५ गते

नाबालिकालाई बलात्कार गरेको कसुरमा १० वर्ष कैदको पैmसला सुनाइएका साकेला गाउँपालिका–५ मात्तिम (साविकको मात्तिम–७) का ३४ वर्षीय तेजबहादुर राईलार्ई प्रहरीले साउन ३ गते गिरफ्तार गरेको छ ।

२०६६ साल असार २३ गते बलात्कार घटनामा संलग्न भएकामा दोषी ठहर गरिएका राईलार्ई साउन ५ गते कारागार चलान गरिएको हो ।

साउन ३ गते घरैबाट गिरफ्तारीमा परेका राईलाई जिल्ला अदालतमा उपस्थित गराए लगत्तै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका इन्स्पेक्टर केशवकुमार कट्वालले बताए ।

जिल्ला अदालतले राईलाई ०७१ साल मङ्सिर २५ गते १० वर्ष कैद सजाय सुनाएको थियो ।

१० वर्षसम्म जिल्ला बाहिर लुकिछिपी बस्दैआएका राई केही दिनअघि घर आएको सूचनाका आधारमा गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।


रामधन राई