बलात्कार घटनाका आरोपित पूर्पक्षका लागि थुनामा

  ०७६ माघ १४ गते

बिगु गाउँपालिका–४ का ७४ वर्षीय बोलबहादुर खड्का बलात्कारको आरोपमा पूर्पक्षका लागि थुनामा परेका छन् । जिल्ला न्यायाधीश कविप्रसाद न्यौपानेको इजलाशमा ०७६ माघ १३ गते भएको थुनछेक बहसपछि खड्कालाई पूर्पक्षका लागि थुनामा राख्ने निर्णय भएको थियो ।

२२ वर्षीया युवतीलाई गोठमा गाईवस्तुलाई घाँस हाल्न जाने क्रममा खड्काले ०७६ पुस २० गते बलात्कार गरेको आरोपमा पीडितपक्षले इलाका प्रहरी कार्यालय सिँगटीमा उजुरी दिएको थियो ।  खड्कालाई प्रहरीले ०७६ पुस २० गते गिरफ्तार गरी थुनामा राखि घटनाको अनुसन्धान गरेको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण पुस २० गते प्राथमिक स्वास्थ्य केन्द्र, चरिकोटमा भएको थियो । ।


उद्धव पोखरेल