बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ मङ्सिर १५ गते

२०२८ सालमा एक २९ वर्षीया  महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शुक्लागण्डकी नपा–९ का ६५ वर्षीय बुधे दमैलाई घटनाको ४८ वर्षपछि ०७७ मङ्सिर १४ गते गिरफ्तार गरेको छ ।

घटनापछि पीडितले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएको र सो घटनामा जिल्ला अदालत तनहुँले ०२९ पुस २३ गते आरोपितलाई ६ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

घटनापछि फरार रहेका आरोपित सजाय भुक्तान नगरी लुकिछिपि बस्दै आएको सूचनाको आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका इन्स्पेक्टर शिवराज खत्रीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

उहाँले विभिन्न अपराध एवंम मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, धरौटी तथा सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने क्रममा आरोपितलाई गिरफ्तार गरी सोही दिन जिल्ला अदालतमा पेश गरेर सजाय भुक्तानको लागि कारागार चलान गरिएको बताउनुभयो ।


प्रकाशचन्द्र भट्टराई