बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

  ०७५ जेठ २६ गते

१८ वर्षीया युवतीलाई जेठ २४ गते बलात्कार गरेको आरोपमा तामाकोशी गाउँपालिका-५ का ५२ वर्षीय अमृत कार्कीविरूद्ध पीडितले जेठ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् ।

पीडित युवतीको जेठ २५ गते प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा स्वास्थ्य परीक्षण भएको प्रहरीले जनाएको छ । आरोपित कार्की फरार रहेको जिल्ला प्रहरी कार्यालयका सई रविन कापरले जानकारी दिए ।


उद्धव पोखरेल