बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलुङ गाउँपालिका–१ का ५२ वर्षीय निलबहादुर बस्नेतविरुद्ध फागुन २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।
पीडित महिलाले फागुन २० गते राति सुतेको कोठाको चुकुल फोडी भीत्र पसी बलात्कार गरेको भन्दै बस्नेत विरुद्ध २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर रुक्सा बज्राचार्यले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन २६ गते चरिकोट प्रदेश अस्पतालमा गरिएको छ ।
आरोपित बस्नेत भने फागुन २१ गते घरभन्दा ५ सय मिटर टाडा मृत फेला परेको र मृतकको तर्फबाट किटानी जाहेरी नआएको इन्स्पेक्टर बज्राचार्यले जानकारी दिनु भयो ।
उद्धव पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
५४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रोशी गाउँपालिका–५ सिसाखानीका ६२ वर्षीय टेकबहादुर लामालाई प्रहरीले चैत ३० गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई चैत २६ गते बलात्कार गरेको भन्दै…
बलात्कार घटनाका आरोपित गिरफ्तार
५९ वर्षीया अशक्त महिलालाई बलात्कार गरेको आरोपमा दोरम्बा गाउँपालिकाका–७ का ५६ वर्षीय अङ्गे तामाङलाई प्रहरीले चैत २८ घरबाटै गिरफ्तार गरेको छ । सुस्त मनस्थितिकी अशक्त महिलालाई चैत ३ गते घरमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ३० गते)
चैत ३० गते ४ सय ९६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ८० हजार ५ सय २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
बेचबिखन तथा ओसारपसार घटनाका कसुरदार गिरफ्तार
१५ वर्षीया बालिकालाई भारतको दिल्लीमा लगेर बेचबिखन गरेको कसुरमा प्रहरीले पुर्नवास नगरपालिका–६ का ५१ वर्षीय मानबहादुर थापा र उहाँको ४८ वर्षीया पत्नी सुकमाया तामाङलाई २५ वर्षपछि चैत २९ गते गिरफ्तार…
हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
छोरा नपाएको निहुँमा पतिले दैनिक जसो कुटपिट गरेर पीडित बनेकी महिलालाई इन्सेकद्वारा सहयोग गरिएको छ । सल्यान जिल्ला शारदा नगरपालिका–१४ मालनेटा घर भई हाल पर्वतको कुश्मामा ज्याला मजदुरी गरेर दुई…