बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

  ०७७ फागुन १० गते

११ वर्षीया बालिकालाई ०७७ माघ २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले ३२ वर्षीय भतिजा विरूद्ध जिल्ला प्रहरी कार्यालय सल्यानमा ०७७ फागुन ६ गते हाडनाता करणीसम्बन्धी उजुरी दर्ता गराएका छन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ५ गते स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरिएको कार्यालय प्रमुख दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।

घटनापछि फरार रहेका आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लक्ष्मण वलीले जानकारी दिनुभयो ।


मिना बुढाथोकी