बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

  ०७७ मङ्सिर १७ गते

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडितपक्षले तुलसीपुर उममनपा–४ का ५७ वर्षीय रामबहादुर गन्धर्व विरूद्ध मङ्सिर १७ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले ०७७ भदौ ७ गते बलात्कार गरेको र गाउँघरमा मिलाउन दबाब दिएका कारण ढिला गरी प्रहरीमा उजुरी दिएको पीडितपक्षले बताए ।

उजुरीका अधारमा  आरोपितको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १७ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ  ।


जयनारायण पुन