बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

  ०७७ मङ्सिर १६ गते

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा  १४ वर्षीय बालक विरुद्ध ०७७ मङ्सिर १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर १३ गते बलात्कार गरेको भन्दै पीडितको परिवारले मङ्सिर १४ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अञ्जन कोइरालाले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १४ गते प्राथमिक स्वास्थ केन्द्र चरिकोटमा गरिएको छ ।

घटना भएको प्रारम्भिक जानकारी पाए लगत्तै मङ्सिर १३ गते नै आरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर कोइरालाले जानकारी दिनु भयो ।


उद्धव पोखरेल