बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी
१० र १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितपक्षले १५ वर्षीय बालक विरूद्ध मङ्सिर ५ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दिएका छन् ।
पीडितहरूलाई आरोपितले ०७६ चैत १५ गतेदेखि निरन्तर बलात्कार गरेको र पछिल्लो पटकको मिति थाहा नभएको उजुरी परेको इलाका प्रहरी कार्यालय, कोहलपुरका सइ रणधीर जैसीले बताउनु भयो । जैसीले आरोपित फरार रहेकोले खोजी भइरहेको बताउनु भयो ।
आरोपितले घरमा कोहि नभएको मौकामा चैत महिनादेखि निरन्तर बलात्कार गर्दै आएको पीडितकी आमाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो । उहाँका अनुसार डरले गर्दा घटनाबारे नबताएका छोरीले कात्तिक २१ गते आफुलाई बताएपछि उजुरी दिएका हुन् ।
आमा बुबा काम गर्न बाहिर गएको बेला कुटपिट गरि बलात्कार गर्दै आएको र कसैलाई भने मार्ने धम्की दिने गरेको १२ वर्षीया बालिकाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडितहरूको स्वास्थ्य परीक्षण मङ्सिर ५ गते भेरी अस्पताल, नेपालगञ्जमा गरिएको छ ।
स्मृति देवकोटा
सम्बन्धित समाचारहरू
शिक्षक अभावमा अपाङ्गता भएका बालबालिकाको शिक्षा प्रभावकारी नभएको गुनासो
सप्तरीमा अपाङ्गता भएका बालबालिकालाई साङ्केतिक भाषाको छुट्टै पाठ्यक्रम अनुसार पढाउने व्यवस्था र दरबन्दी अनुसार शिक्षक नभएकाले प्रभावकारी शिक्षा दिन नसकिएको शिक्षकहरूले बताएका छन् । राजविराज नपा–६ स्थित बहिरा बालक विद्यालयमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ७ गते)
माघ ७ गते ३ सय १८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६८ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
नेकपा र कांग्रेस कार्यकर्ताबिच झडप, वडाध्यक्षसहित तीन जना घाइते
नेकपा (दाहाल–नेपाल समूह) र नेपाली कांग्रेसका कार्यकर्ताबिच आठबीसकोट नपा–९ राडीबजारमा ०७७ माघ ६ गते भएको झडपमा आठबीसकोट नपा–९ का वडाध्यक्ष ४७ वर्षीय तारकबहादुर शाही, काङ्ग्रेस कार्यकर्ताद्वय २८ वर्षीय तेजबिक्रम आरसी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सुस्त मनस्थिति भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले सिगाल गाउँपालिकाका कंकल र हजुरबुबा नाता पर्नेलाई माघ ६ गते गिरफ्तार गरेको छ । बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले…
स्थानीयवासी र प्रहरीले रोके बालविवाह
१५ वर्षीया बालिकाको तिरहुत गाउँपालिका–३ का ४३ वर्षीय विनोद शर्मा सुतिहारसँग हुन लागेको बालविवाह स्थानीयवासी र प्रहरीको प्रयासमा माघ ६ गते रोकिएको छ । स्थानीयवासीले खबर गरेपछि बालविवाह गर्ने, गराउने…