बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

  ०७७ असोज २७ गते

१७ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा पीडितपक्षले तुलसीपुर उपमनपा–५ का १९ वर्षीय विष्णु बुढाथोकी र १८ वर्षीय करण परियारले विरुद्ध इलाका प्रहरी कार्यालय, तुलसीपुरमा असोज २७ गते उजुरी दर्ता दिएको छ ।

पीडितलाई आरोपितद्वयले असोज २२ गते बलात्कार गरेको भन्दै उजुरी दिएको इन्स्पेक्टर चक्रडम्वर पालले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो । घटनालगत्तै फरार रहेका आरोपितहरूको खाजी भइरहेको प्रहरीले जनायो ।

पीडितको स्वास्थ्य परीक्षण असोज २७ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर गरिएको छ ।


जयनारायण पुन