बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

  ०७७ जेठ २४ गते

४० वर्षीया महिलालाई जेठ २१ गते बलात्कार गरेको आरोपमा पीडित महिलाले नवराजपुर गाउँपालिका–३ का ४० वर्षीय रामदेव यादव विरूद्ध ईलाका प्रहरी कार्यालय महेशपुर पतारमा जेठ २३ गते उजुरी दिनु भएको छ ।

घटनाको मौखिक जानकारी जेठ २१ गते नै आएकाले आरोपित यादवलाई सोही दिन गिरफ्तार गरी कारवाही प्रकृया अगाडी बढाइएको ईलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्स्पेक्टर अरबिन्द साहले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा जेठ २३ गते भएको छ ।


दुर्गा परियार