बलात्कार घटनाका आरोपित विरुद्ध मुद्दा दर्ता

  ०७७ वैशाख २९ गते

शारदा नगरपालिका–८ सिमखर्क निवासी ३३ वर्षीय युवकले बलात्कार गरेको भन्दै पीडितले प्रहरीमा मुद्दा दर्ता गराउनु भएको छ ।

वैशाख २७ गते बागचौरमा रहेको मिलबाट घर फर्किँदै गर्दा कुटपिट गर्दै रारे जङ्गलको नर्सरीमा लगेर जबरजस्ती करणी गरेको पीडितले बताएको प्रहरीले जनाएको छ । जिल्ला अस्पताल सल्यानमा पीडितको स्वास्थ्य परीक्षण गरिएको छ ।

घटनापछि आरोपित फरार रहेकाले खोजी कार्य जारी रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभएको छ ।

आरोपित व्यक्ति र पीडितले बहुबिवाहको मुद्दामा ०७६ वैशाखमा सजाय काटेर जेलबाट छुटेका थिए । तर उक्त व्यक्तिले अदालतको फैसलाले पति–पत्नी नमाने पनि आफूले पत्नी मानेको भन्दै बलात्कार गरेको पीडितको आरोप रहेको प्रहरीको भनाई छ ।


मिना बुढाथोकी