बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

  ०७६ फागुन ३० गते

१० वर्षीया बालिकालाई जितपुरसिमरा उमनपा–७ नदिया टोलका १९ वर्षीय करण सहनीले फागुन २८ गते रातीे मकैबारीमा बलात्कार गरेको आरोपमा पीडित परिवारले ईलाका प्रहरी कार्यालय जितपुरमा फागुन २९ गते विहान उजुरी दिएको छ ।

ईलाका प्रहरी कार्यालय जितपुरका सई सागर शमसेर जबराको नेतृत्वमा रहेको प्रहरी टोलीले फागुन २९ गते आरोपित सहनीलाई गाउँमा लुकेर बसेको अवस्थामा गिरफ्तार गरी कलैया अस्पतालमा स्वास्थ्य परीक्षण गराई जिल्ला अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम मिश्रले बताउनु भयो ।

जिल्ला अदालतले जबरजस्तीकरणी मुद्दामा आरोपित सहनीलाई पाँच दिनको म्याद थप गरी प्रहरी हिरासतमा राख्न अनुमति दिएकाले थप अनुसन्धान भइरहेको डिएसपी मिश्रले बताउनु भयो ।


भोलानाथ पौडेल