बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

  ०७६ फागुन ३० गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा निजगढ नपा१० का ७३ वर्षीय सिताराम पौडेल विरुद्ध पीडितका बुवाले ईलाका प्रहरी कार्यालय निजगढमा फागुन २६ गते उजुरी दिनु भएको छ ।

बलात्कार घटनाका आरोपित पौडेललाई स्थानीयले नियन्त्रणमा लिएर फागुन २५ गते राति जम्मा लगाएको ईलाका प्रहरी कार्यालय निजगढका इन्स्पेक्टर विकाश थपलियाले बताउनु भयो ।

मकैबारीमा घाँस काटिरहेकी बालिकालाई फागुन २१ गते एक्लै देखेर मुख थुनी बलात्कार गरेको पीडित बालिकाकी आमाको आरोप छ । पीडित बालिका र आरोपित पौडेलको स्वास्थ्य परीक्षण चन्द्रपुर अस्पताल रौतहटमा फागुन २५ गते गराइएको पीडित बालिकाकी आमाले बताउनु भयो ।

बालिकालाई आरोपित पौडेलले फागुन १४ गते र फागुन १८ गते बलात्कार गरेपनि डर त्रासले बालिकाले कसैलाई नभनि सहेर बसेकोमा फागुन २१ गते बलात्कार गर्दा गुप्ताङ् दुखेर बालिकालाई असहज भएको र आमालाई असहज भएको भनेपछि घटना बाहिर आएको इन्स्पेक्टर थपलियाले बताउनु भयो ।

आरोपित पौडेलले गाउँमा पञ्चायती गरेर घटना मिलाउने प्रयास गरेपनि पीडित परिवार गाउँलेको सहयोगमा प्रहरीमा आएको इन्स्पेक्टर थपलियाले बताउनु भयो ।


भोलानथ पौडेल