बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

  ०७६ फागुन २८ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा  पीडित पक्षले शान्तिनगर गाउँपालिका–२ का १६ वर्षीय बालक विरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा फागुन २८ गते उजुरी दर्ता गरेको छ ।

पीडितलाई विवाह गर्ने बहानामा ०७६ भदौ १९ गते   असोज २ गतेसम्म बलात्कार गरेर आरोपित फरार रहेको  भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालयमा उजुरी दिएको इलाका प्रहरी कार्यालय, तुलसीपुरका इन्स्पेक्टर चक्रडम्वर पालले बताउनु भयो  ।

बालिकाको स्वास्थ्य परीक्षण फागुन २८ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको प्रहरीले जनायो । स्वास्थ्य परीक्षण रिर्पोटबाट बालिकाको पेटमा  ६ महिनाको गर्भ रहेको जानकारी भएको इन्स्पेक्टर पालले बताउनु भयो ।


जयनारायण पुन