बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

  ०७४ जेठ ४ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित परिवारले कल्याणपुर नपा-१३ का २४ वर्षीय सरोज मण्डलविरूद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा जेठ ४ गते उजुरी हाले ।

पीडित बालिकालाई वैशाख २७ गते राति घरमा केही नभएको मौका छोपी आरोपितले बालिकालाई बलात्कार गरेका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा वैशाख २८ गते भएको थियो ।

इलाका प्रहरी कार्यालयका डिएसपी गजुसिद्धि बज्रचार्यले घटनाको जानकारी २८ गते नै गरिएको भएपनि लिखित उजुरी जेठ ४ गते मात्रै आएको बताए । आरोपित फरार रहेकोले खोजतलास भइरहेको डिएसपी बज्रचार्यले बताए ।


दुर्गा परियार