बलात्कार घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

  ०७६ फागुन १३ गते

१२ वर्षीया बालिका बलात्कार घटनाका आरोपित कोहलपुर नपा–१२ निबुवाका ३० वर्षीय भोजबहादुर थापा विरूद्ध पीडित पक्षले फागुन १० गते इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दर्ता गराएका छन् ।

फागुन १० गते साथीहरूसँग जङ्गलमा बयर खान गएकी बालिकालाई आरोपितले साथीहरूलाई भगाएर बलात्कार गरेको पीडितले  बताउनु भयो । बालिका रोएको एक जना स्थानीयले सुनेपछि जङ्गलबाट घर ल्याएको पीडितकी भाउजुले बताउनु भयो ।

आरोपित फरार रहेकोले खाेजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका सई रणधीर जैसीले बताउनु भयो ।

बालिकाको  स्वास्थ्य परीक्षण फागुन १० गते भेरी अस्पताल, नेपालगञ्जमा गरिएको  प्रहरीले जनायो ।


स्मृति देवकोटा