बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी 

  ०७६ माघ १० गते

१८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले बैजनाथ गाउँपालिका–१ का  २८ वर्षीय  नविन रोकाय विरूद्ध इलाका प्रहरी कार्यालय कोहलपुरमा माघ १० गते उजुरी दर्ता गराएका छन् ।

आरोपितले विवाहको प्रलोभन देखाएर ०७६ मङ्सिर १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएको सई रणविर जैसीले बताउनु भयो । सई जैसीले आरोपित फरार रहेको र अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ १० गते भेरी अस्पताल, नेपालगन्जमा गरिएको प्रहरीले जनायो ।


स्मृति देवकोटा