बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

  ०७६ पुस १० गते

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सिरहा नपा–२० का १९ वर्षीय अवराज भन्ने मुस्तकिम मिया विरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा पुस ९ गते उजुरी दिएको छ ।

पीडित पक्षका अनुसार आरोपितले युवतीलाई कात्तिक २८ गते बलात्कार गरेको बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा पुस ९ गते भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी अपिलराज बोहराका अनुसार आरोपित फरार रहेकोले खोज तलास भइरहेको बताउनु भयो ।


दुर्गा परियार