बलात्कार घटनाका आरोपित पाँच वर्षपछि गिरफ्तार

  ०७५ भदौ २६ गते

एक महिलालाई बलात्कार गरी फरार भएका घटनाका आरोपित कन्काई नगरपालिका-३ का ४१ वर्षीय नेत्र तिम्सिनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले भदौ २५ गते इलाम सदरमुकामबाट गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०७० असोज १५ गते बलात्कार गरेको ठहर गर्दै झापा जिल्ला अदालतले ०७२ मङ्सिर १२ मा पाँच वर्षकैदको फैसला सुनाएको थियो ।

घटना लगत्तै फरार रहेका तिम्सिना ताप्लेजुङमा रहेको सूचनाका आधारमा खटिएको सिआइबीको टोलीले इलाम आइपुग्दा सदरमुकामकै एक होटलबाट गिरफ्तार गरेको इलामका डिएसपी टङ्क भट्टराईले बताए ।


कोकिला ढकाल