बलात्कार घटनाका आरोपित प्रहरीमा हाजिर

  ०७६ मङ्सिर १० गते

१८ वर्षीया युवतीलाई बलात्कार गरेको घटनाका आरोपित साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख ४५ वर्षीय रामबाबु गुप्ता जिल्ला प्रहरी कार्यालय सुर्खेतमा मङ्सिर ८ गते आफैँ हाजिर भएको प्रहरीले जनाएको छ ।

पीडित युवतीलाई आरोपितले जागिर दिने प्रलोभन देखाएर गत असोज २५ र ३० गते बलात्कार गरेको भन्दै पीडित युवतीले कात्तिक २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपित फरार रहेको प्रहरीले जनाउँदै आएको थियो ।

आरोपित गुप्तालाई हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी डिल्लीराज पन्तले बताउनुभयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण कात्तिक २० गते कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा गरिएको प्रहरीले जनाएको छ ।


दुर्गा थापा