बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ माघ १२ गते

१३ वर्षीया बालिका बलात्कारको आरोप लागेर फरार रहेका कपुरकोट गाउँपालिका –५ धनबाङ गाडापानी निवासी ८४ वर्षीय जितलाल बोहरालाइ प्रहरीले चार वर्षपछि घरबाटै गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाइ ०७३ माघ ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०७३ माघ २३ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा दिएको उजुरीको आधारमा माघ ८ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सल्यानमा ०७३ माघ २४ गते गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत सल्यानको ०७३ फागुन १५ गतेको आदेश अनुसार आरोपित बोहरा १ लाख ८ हजार धरौटिमा रिहा भएको र जिल्ला अदालत सल्यानको ०७३ माघ ७ गतेको फैसलाले आरोपितले बलात्कार गरेको कसुर ठहर गर्दै ८ वर्षको जेल सजायको फैसला गरेको जिल्ला अदालत सल्यानका श्रेस्तेदार हेमन्त ज्ञवालीले बताउनुभयो ।


मिना बुढाथोकी