बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ मङ्सिर ३ गते

१६ वर्षीया बालिकालाई मङ्सिर १ गते बलात्कार गरेको आरोपमा प्रहरीले गौरीगङ्गा नगरपालिका–३ झीलका २२ वर्षीय दिपक आउजीलाई मङ्सिर २ गते गिरफ्तार गरेको छ ।

महिनावारी भएको बेला घरभन्दा बाहिरको कोठामा एक्लै सुतिरहेको मौका छोपी आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर २ गते इलाका प्रहरी कार्यालय, चौमालामा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी हवल्दार माधव भट्टले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २ गते सेती प्रदेशिक अस्पताल, धनगढीमा गरिएको छ ।


मैनामोती चौधरी