बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७३ कात्तिक २९ गते

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दुल्लु नगरपालिका–८ पौवाका ३५ वर्षीय बीरबहादुर बिकलाई कात्तिक २९ गते घरबाटै गिरफ्तार गरेको छ ।

कात्तिक १२ गते दुई जना नाबालक छोराहरूसँगै घरमै सुतेकी ती महिलालाई आरोपितले बलात्कार गरेको भन्दै पीडितले कात्तिक २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी इन्स्पेक्टर उपेन्द्र आचार्यले बताए ।

इलाका प्रहरी कार्यालय दुल्लूको टोलीले आरोपितलाई गिरफ्तार गरेको र बाँकी अनुसन्धान भइरहेको इन्स्पेक्टर आचार्यले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण उजुरी गर्न आएकै दिन कात्तिक २३ गते जिल्ला अस्पताल दैलेखमा गरएको छ ।


अमर सुनार