बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ कात्तिक २९ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका–२५, भैँसेपाटीका ३८ वर्षीय विनोद लामालाई कात्तिक २८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक २५ गते दिउँसो प्रलोभनमा पारी लिम्बु गेष्ट हाउसमा लगेर बलात्कार गरेको भनी पीडित पक्षले महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता एवम् एसएसपी दुर्गा सिंहले बताइन् ।

पीडित बालिकाकी आमाले काक्तिक २७ महानगरीय प्रहरी परिसर जावलाखेलमा उजुरी दिएको एसएसपी सिंहले बताइन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २७ गते नै पाटन अस्पतालमा गरिएको अस्पतालले जनाएको छ ।


दीपकप्रसाद घिमिरे