बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ कात्तिक २८ गते

सुस्त मनस्थिति भएकी ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शिवनाथ गाउँपालिका–५ बग्जेवलाका ५० वर्षीय सोबि चन्द र सोही ठाउँका ५० वर्षीय रामी चन्दलाई कात्तिक २७ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितद्वयले कात्तिक २६ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले दिएको उजुरीका आधारमा  अरोपितद्वयलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक २७ गते जिल्ला अस्पताल, बैतडीमा गरिएको छ ।


नरी बडु